काठमाडौं । सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहरिएका छन् । विशेष अदातलले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ । कर फर्स्योट आयोगमै रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा, महत र ढकालविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर…