काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई समेटेर ल्याइएको जिकिर गरेका छन् । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेसँग सरकारमा हुँदा तयार पारिएको न्यूनतम साझा कार्यक्रम र पछि कांग्रेससँगको न्यूनतम कार्यक्रमसहितलाई समेटेर तयार पारिएकाले राष्ट्रिय सहमतिको नीति कार्यक्रम भएको दाबी गरे…