Logo

अर्थ

विद्युत् प्राधिकरणद्वारा भारतमा पुुनः बिजुली निर्यात सुरु



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पुनः भारतमा बिजुली निर्यात सुरु गरेको छ । नदीमा पानीको बहावसँगै उत्पादन बढेकाले शनिबारबाट भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिए । उनका अनुसार प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको छ ।

प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जानकारी दिएकोछ । हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १४:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।