Logo

अर्थ

नीति–कार्यक्रमको छलफलमा मेटमणी चौधरी भने– छोराछोरी जन्मिसकेपछि हामी जन्माउने छलफल गर्दैछौं



काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुनेपर्नेमा त्यसो हुन नसकेको बताए ।

सांसद चौधरीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तोभएको टिप्पणी गरे। ‘आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ’, उनले भने, ‘कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ नियमावलीमा करेक्शन गरेर भएपनि समय निर्धारण गरौँ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १८:३८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।