काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको औचित्य नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना समावेश गराउन खोज्दा नपाएको गुनासो गरे ।
‘यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र ! केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो’, उनले भने, ‘अब हामीले बोलेर पनि के हुन्छ र ? बोल्नु र नबोल्नुको कुनै अर्थ छैन । तर, जे भए पनि आफ्नो धर्म निभाउनैपर्यो !’
अहिलेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्र कर्णप्रिय भएको उनले बताए । नीति तथा कार्यक्रम लक्ष्यविहीन रहेको टिप्पणी गर्दै उनले सरकारको गन्तव्य पनि स्पष्ट नभएको उल्लेख गरे ।




















प्रतिक्रिया