Logo

अर्थ

कृषि विकास बैंकले भन्यो : कुनै पनि चिट्ठा तथा उपहार कार्यक्रमको घोषणा गरिएको छैन



काठमाडौं । कृषि विकास बैंकलेले कुनै पनि चिट्ठा तथा उपहार कार्यक्रमको घोषणा नगरेको स्पष्ट पारेको छ । सामाजिक संजालमार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरेर विभिन्न लिंकहरु प्रयोग गरी चिट्ठा, उपहार कार्यक्रम आदि जस्ता विभिन्न आर्थिक प्रलोभन देखाई ठगी भएको गुनासोहरु आएपछि बैंकले यस्तो सुचना जारी गरेको हो।

यसका साथै खाताको केवाइसी अपडेट गर्नका लागि वा अन्य कुनै प्रयोजनका लागि ओटिपी, लिंक, पिन कोड तथा पासवर्ड जस्ता सुचनाहरु बैंकले नमाग्ने भएको हुँदा कसैले यस्ता गोप्य सुचना वा नम्बर मागेमा नदिन पनि बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १६:०७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।