काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा कर्जाको गुणस्तर खस्किँदै गएपछि निष्क्रिय कर्जा बढेर करिब ५१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन–२०८३’ अनुसार एक वर्षमा लघुवित्तको निष्क्रिय कर्जा ६३.६३ प्रतिशतले बढेको हो । २०८२ असार मसान्तमा ३१ अर्ब दुई करोड रुपैयाँ रहेको निष्क्रिय कर्जा २०८३ असारसम्म आइपुग्दा बढेर ५०…