काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा जानाजानी अवरोध गर्ने पेट्रोलपम्पमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ। अब बिक्री अवरुद्ध गर्ने पम्पलाई अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना गरिनुका साथै १५ दिनसम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्न सकिने कानुनी प्रावधान लागू गरिएको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।…