काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ८.७८ अंकले बढेर २,६६१ को विन्दुमा कायम भएको छ ।
आज १०८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ ।
आज दि ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रो र कालांगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १०.६० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया