काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङलाई जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले सहकारीबाट ठगिएको अर्बौं रकम लुकाउनका लागि श्रीमती शाक्य संलग्न भएको भन्दै जेल चलानको आदेश दिएको हो । बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले यस्तो आदेश दिएका…