Logo

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले व्याजदर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो ।