नेपाल विद्युत प्राधिकरणले १० प्रतिशत बिद्युत चुहावट घटाएको छ । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी हुनेछ । गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको…