Logo

अर्थ

पतन्जलीले गर्दा युनिलिभरका उत्पादनसँगै सेयरमा पनि भारी गिरावट जारी, आज ३७८ अंकले घट्यो



बजारमा पतन्जलीका उत्पादनहरुले तीब्र गतिमा बजार लिएसँगै युनिलिभरका उत्पादनहरुमा निकै कमी आएपछि उसको सेयरमा पनि भारी गिरावट जारी रहेको छ । यसअघि १२ सय अंकले घटेको युनिलिभरको सेयर मंगलबार ३७८ अंकले घटेको छ ।

बहुर्राष्ट्रिय कम्पनीको रुपमा रहेको युनिलिभरको सेयर मूल्य सबैभन्दा उच्च रहेको बेला पतन्जली उसका लागि चुनौति बनेर खडा भएको छ । आज सेयर बजारमा केही सुधार देखिएको छ । सेयर बजार परिसुचक नेप्से आज दुई दशमलव ८३ अंकले बढेको छ । तर कारोबार भने केही घटेर २३ करोड १० लाख रुपियाँमा सीमित भएको छ ।

आज धेरै कारोबार गर्ने अपर तामाकोशीले दुई करोड ५५ लाख रुपियाँको कारोबार गरेको छ । समूहगत कारोबारतर्फ उत्पादनमूलक र वित्त समूहमा सामान्य वृद्धि भए पनि बाँकी सबै समूहमा सुधार देखिएको छ । बढेका सबै समूहको वृद्धिदर एक प्रतिशतभन्दा कम छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।