माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो। नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ। देशका हरेक वर्ग…