Logo

अर्थ

काठमाडौंको सिटी सेन्टरमा ‘भ्यालेन्टाइन्स डे’मा डान्स कम्पिटिसनसहित किनमेलमा भारी छुट



काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ (Valentine Day, 2019)  लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ ।

युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५,००० पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । त्यसै गरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ ।

सिटी सेन्टर भित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ८ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।