Logo

अर्थ

एनआई सी एशिया बैंककोशाखा पर्वतकोवारीवेनीमा



एनआई सी एशिया बैंक लि.को जलजलागाउँपालिका वडा नं.३, वारीवेनीपर्वतस्थित वारीवेनीशाखाको जलजलागाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लबाट मिति २०७५ माघ २१ गते एक भव्य समारोहकाबिच उद्घाटन भयो । मिति २०७५ वेशाख १९ गतेबाट कारोबार सुरु भएको उक्तशाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ३ : ४६ बजे