कुमारी बैंकले आफ्नो २०औं बार्षिकोत्सबको अवसरमा महिला हिंसा प्रतिकार एवं आत्मरक्षासम्बन्धी प्रशिक्षण संचालन गरेको छ । बैंकले ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरण’ को उद्देश्यसहित देशका विभिन्न स्थानमा महिलाहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । महिलाहरूलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराई आत्मबल उच्च बनाउने…