नेपाल सरकार र विश्व बैंकबीच ४५ करोड अमेरिकी डलर (करिब रु. ५४ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । जसले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नेछ र रणनैतिक सडक संजाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेछ । यो आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल…