अर्थमन्त्री डा. युवराज खतिवडाले देशको सबै स्थानीय तहमा वाणिज्य बैकको शाखा पुर्याउने नीतिअनुरुप सरकारले काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बंैकको शाखा पुर्याउने गरी काम भइरहेको जानकारी दिएका हुन् । उनले ७ सय ५३ मध्ये…