Logo

अर्थ

नगरप्रमुख माथि भ्रष्टाचारको आरोप



रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल यादबमाथि करोडौं अनियमितता भएको आरोप लागेको छ । मंगलबार नगरपालीकाका उपप्रमुख सहित १७ जना कार्यपालीका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै अनियमिता गरेको आरोप लगाएका हुन ।

नगर प्रमुख गोपाल यादव र प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्काको संलग्नतामा नगरपालिकाको आम्दानीको स्रोतमै अनियमितता भएको आरोप उपप्रमुख कान्तिदेवी महतोको रहेको छ । उपप्रमुख महतोले पत्रकार सम्मेलन गर्दै भने नदिजन्य पदार्थको उत्खनन र निकासीमा हुने आम्दानीमा नगर प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत रोक्काले अनियमितता गरेको आरोप लगाएका छन ।

आफना मान्छेलाई अमानतमा कर असुली गर्दा ठुलो धनराशीको अनियमितता भएको आरोप उनीहरुको रहेको छ । नगरपालिकाबाट लालबकैया खोलाको नदिजन्य पदार्थको निकासीको लागि ठेक्का गुगल कन्स्ट्रक्सनले २ करोड ९९ लाखमा सकार गरेको भएपनि सो टेण्डर रध्द्ध गरी अमानतमा जिम्मा दिदा राजश्व प्रभाबित भएको छ ।

नगरप्रमुख गोपाल यादबले भने नदिजन्य पदार्थको राजश्व रकम यसअघि वडाअध्यक्षहरु आफैले उठाउने गरेकोमा यसपटक त्यसो नभएपछि आरोप लगाएको बताए । वडाअध्यक्षहरुले आफै राजश्व रकम उठाउदा नगरपालिकामा दाखिला नगर्ने गरेको र यसपटक अमानतमा संकलन गर्दा २५ लाख रुपैया राजश्व संकलन भैसकेको बताए । त्यस्तै उक्त नगरपालिकामा अहिले सम्म नगरसभा समेत हुन सकेको छैन । जसको कारण कृषि ,स्वास्थ ,शिक्षा लगायत बिकास निर्माणले गति लिन नसकेको भनाई स्थानीयको रहेको छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ९ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।