काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । कम्पनीका पूर्वअध्यक्ष श्रवणकुमार गोयलले सञ्चार माध्यममा सार्वजनिक गरेको आरोपपत्र अनुसार कम्पनीका केही सञ्चालक तथा प्रबन्ध निर्देशकहरूले कम्पनीको निर्णयविना सर्वसाधारणबाट अन्धाधुन्ध पैसा उठाएको, आय–व्यय पारदर्शी नराखेको, बैठक नम्बर उल्लेख नगरी पछिल्लो मिति राखेर निर्णय लिएको र कम्पनीको हितविपरीतका कार्यहरू गरेको पाइएको छ । गोयलका…