काठमाडौं । जावलाखेल डिस्टिलरी प्रालिले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ नामक पेय बजारमा ल्याएको हो। कम्पनीका अनुसार नेपाली अल्कोहोलिक पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा आरटीडी उत्पादन प्रस्तुत गरिएको हो। ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित बजारमा उपलब्ध गराइएको छ।…