काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) लाई गोल्छा ग्रुपले २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ । मंगलबार रामशाहपथस्थित बग्गीखानामा आयोजित कार्यक्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको हो । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले हालको विषम परिस्थितिमा राज्यलाई सबल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा…