काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्डको उल्लंघन गरेका पाँच वित्तीय संस्थामाथि कारबाही गरेको छ । कारबाहीमा पर्ने संस्थाहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनी रहेका छन् । राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा विभिन्न अनियमितता फेला परेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गरिएको हो ।…