रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णय नमान्ने भएको छ । उक्त निर्णयलाई अव्यवहारिक ठहर गर्दै गाउँपालिकाले आइतबार पनि कार्यालय तथा विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँकार्यपालिकाको वैशाख १५ गतेको निर्णयअनुसार गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था…