काठमाडौं । सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका–१ भण्डारवनमा रहेको जनप्रिय आधारभूत विद्यालयको भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको विद्यालय भवन बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो। सुलभ पहुँचयुक्त शौचालयसहित निर्माण सम्पन्न गरिएको भवनको समुद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर…