सरकारले विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो बाँड्ने भएको छ। दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाण्डौमा बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने भएको हो। काठमाण्डौमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरण गर्नेछ। अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई स्तरीकरण गरेर निःशुल्क र केही प्रतिशत छुट अनुदानमा विद्यार्थीलाई चुल्हो…