ओखलढुंगा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ओखलढुंगाका ४७ विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि छनौट गरेका विद्यालयहरुमा ओखलढुंगाका ४७ वटा विद्यालय परेका हुन् । आठ स्थानिय तह रहेको ओखलढुंगाका एक नगरपालिकासहित ७ स्थानिय तहका ४७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौटमा भएका…