काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ। तर, वर्तमान निराशाजनक। देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ। जहाँ पठनपाठन कम हुन्छ। ज्यादा हुन्छ राजनीति। राजनीतिक आग्रह र पूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ। एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ। त्यो पनि तालामाथि ताला लगाएका छन्। प्राज्ञिक थलो…