काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीहरूले रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । अखिल क्रान्तिकारीका विद्यार्थीहरू उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका थिए । उनीहरू बाहिर गएर नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाएका हुन् । तोडफोडका क्रममा प्रहरी र विद्यार्थीबिच झडप भएको छ । झडपमा परी दुई…