एजेन्सी । दक्षिण भारतीय सुपरस्टार कलाकार अल्लु अर्जुन यतिबेला 'पुष्पा २'को लागि तयारीमा छन् । अघिल्लो सालको सुपरहिट चलचित्र 'पुष्पा: द राइज' को सिक्वेलका रूपमा रहेको फिल्म अहिले दर्शकका लागि बहुप्रतीक्षित बनेको छ । अझैसम्म पनि पहिलो भागको डायलग, गीत र आइकोनिक नृत्यले सबैलाई मनोरञ्जन गराइरहेको छ। अब भने दोस्रो भागले दर्शकहरूलाई कौतुहल बढाएको छ।…