नेपालमा ‘म्याक्स टिभी एसइइ डान्स च्याम्पियनशिप’ आयोजना गरिने भएको छ । एसइइका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले च्याम्पियनशिप आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नृत्य मनोरञ्जनको साधन मात्र नभई शिप सहितको शिक्षा हो भन्ने सर्वब्यापी मान्यतालाई स्थापित गराउने उद्धेश्यसहित कार्यक्रम गर्न लागिएको कार्यक्रमका परिकल्पनाकार महेश गोदारले बताए ।…