Logo

मनोरञ्जन

लालुमैले पायो अत्याधिक दर्शक श्रोता, शिव हमाल उत्साहित (भिडियो)



लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको पछिल्लो बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै युटुबमा करिब एक महिनाको अन्तरालमा ४० लाखको हाराहारीमा दर्शक तथा श्रोता पाएको छ ।

दोहोरीको इतिहासमै छोटो समयमा सर्बाधिक हेरिएको पहिलो गीत भएको छ गित लालुमै । सर्जक शिब हमालले आफ्नै युट्युब च्यानल मार्फत ‘लालुमै‘’लाई रिलिज गरेका थिए । उनि भन्छन’सर्जकको च्यानलमा गीत चल्दैन भन्ने डर थियो अहिले डर हरायो अब भने हामी पनि टिक्ने आधार बन्दा धेरै खुसि छौ’।

यो गीतमा स्वर गायिका विष्णु माझी र गायक सन्दिप न्यौपानेले गाएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेको छ । गीतलाई आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् । ‘लालुमै‘’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ । ग्रुपमा पनि धेरै मोडलहरू राखेर तयार पारिएको छ।

प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार  १० : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।