स्थानिय स्त्तरका कला संस्कृति खेलकुदको संरक्षण तथा पर्वदन गर्ने उद्देश्यका साथ स्थापित लालिगुरास युवा क्लब परिबर्तन गाउपालिका ३ इरिबाङ रोल्पाले यस बर्ष पनि आफ्नो २१ औ बार्षिक उत्सबको अवसर पारी सास्कृतिक कार्यक्रम सहित खेल्कुद आयोजना गर्ने भएको छ । २०७६ साल बैशाख ५ गत्ते देखि १० गत्ते सम्म सास्कृतिक कार्यक्रम सहित खेलकुद को आयोजना गरिएकको क्लबका अध्यक्ष बिनोद चन्दले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथै खुल्ला पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार पचास हजार, दृतिय पुरस्कार तिसहजार ,तृतिय पुरस्कार बीस हजार र सान्त्वना पुरस्कार दस हजार रहेको छ भने महिलातर्फको खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार पच्चिस हजार,दृतिय पुरस्कार पन्ध्र हजार,तृतिय पुरस्कार दस हजार र सान्त्वना पुरस्कार पाचहजार पुरस्कार राखिएको आयोजक ले बताएको छ।
सास्कृतिक कार्यक्रम तर्फ कुन कलाकार ल्याउने भन्ने बारे क्लबका पदाधिकारी (समिती) सङग छलफल भैरहेको र पुर्णरुपमा छ्लफल पश्चात आयोजकले मिडियालाई जानकारी दिने बताईएको छ । परिबर्तन गाउपालिकाको पर्यटन प्रबर्द्धन र बिकास लाई सास्कृतिक तथा खेलकुदबाट चिनाउन गरेका प्रयास मध्य यो पनि एक उदाहरणिय भएको क्लब का सचिब के.पि खडकाले जान्कारी दिनुभयो।
गत बर्ष पनि यस लालिगुरास युवा क्लबले बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि सकेको थियो । उक्त कार्यक्रम बाट सकारात्मक प्रतिक्रिया आएपछि यसपटक पनि २१ औ बार्षिकउत्सबको अवसर पारेर आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्दले बताउनु भयो ।


















प्रतिक्रिया