Logo

मनोरञ्जन

किन आइन नम्रता श्रेष्ठ चर्चामा ?



नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको नेपाली चलचित्र ‘जाइरा’ले प्रर्दशन मिति सार्वजनिक गरेसंगै यो चलचित्रको चर्चा निकै ने चुलिएको छ ।

महिलाले कसरि प्रतिशोध लिन सक्छन भन्ने कथामा आधारित बनेको यो चलचित्रमा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनयमा देखिने भएका छन। नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन्। नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा देखिने भएका छन ।

नम्रताले यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन्। एक्शन प्रधान ‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रका पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन रहेका छन । चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतिमा बनेको हो। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्।

सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको यो चलचित्रमा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको छ । चलचित्रको कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङले गरेका छन । चलचित्र भदौ ६ गतेबाट देशैभरि प्रर्दशनमा आउने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।