अखिल (क्रान्तिकारी)ले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी चरम दलालीमा परी कमजोर भवनमा राखेर विद्यार्थीलाई पढाउने गरिएबाट भवन भत्किएर विद्यार्थी गम्भीर चोटमा परेको भन्दै काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा संचालित विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुललाई कारवाही गर्न माग गरेको छ । भवनको बार्दली भत्किएबाट घाइते विद्यार्थीको निशुल्क उपचारको माग गर्दै र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ…