भारत प्रशासित कश्मिरको पुलवामा जिल्लाको लिथपोरामा रहेको श्रीनगर–जम्मु राजमार्गमा चरमपन्थी विद्रोहीले गराएको भीषण बम विस्फोटमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का ३४ जवानको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् । सीआरपीएफको ५४ औं बटालियनका जवान चढेको बसलाई लक्षित गरि हमला…