भारतबाट पठाईएको दर्जन बढि बन्द खामहरुका कारण एउटा सिंगो देशलाई आतंकित बनाएको छ । भारतले संकास्पद रुपमा सित खामहरु प्ठाएको थियो । जसले एउटा देशलाईलाई नै आतंकित बनाएको छ । अहिले त्यहाँको सरकारले ति खामहरुको बारेमा छानबिन गरिरहेको छ ।
यो घटना भारत र ग्रीस बीचको हो । भारतले ग्रीसलाई बन्द खामहरु प्ठाएर द्वन्दतिर धकेलिरहेको छ । सोहि कारणले यतिबेला ग्रीसमा हंगामा मच्चिएको छ । त्यहाँको सरकारले त्यस विरुद्ध छाबिन प्रक्रिया अघि बढाएको छ ।
भारतले खामहरुलाई ग्रीसको केही विश्वविद्यालयमा पठाएको थियो । ति खामहरु विश्वविद्यालयका कर्मचारीहरुले लिँदा एलर्जी जस्ता समस्याहरु देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरेर सो विषयमा छानविन सुरु गरिएको छ। ती खामहरुमा केही इस्लामिक सामग्रीहरु समेत भेटिएको पाईन्छ ।
ग्रीसको एउटा अनुसन्धान एजेन्सीले ती खामहरुमा केमिकल, बायोलोजिकल, रेडियोऐक्टिभ तथा न्यूक्लियर खतरा देखेपछि एजेन्सीको टोली समेत सतर्क बनेका थिए । यो घटनाले भारत र ग्रीसको सम्बन्धमा समेत समस्या निम्त्याउने आशंका गर्न थालिएको छ। स्मरणयोग्य के छ भने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा जाने भारतको इच्छामा ग्रीसले समेत सहमती जनाएको छ।
ग्रीक प्रशासनका अनुसार ती खामहरु भारतबाट क्रिसमसको समय ताका पठाईएको पाईएको छ । यस्ता खामहरु सबैभन्दा पहिले ग्रीसको मिटालिनी तथा लेसवास विश्वविद्यालयमा भेटिएको थियो । जब ती विश्वविद्यालयका ६ जना कर्मचारीहरुले यसको बारेमा प्रशासनलाई बताए । ती कर्मचारीहरुको शरीरमा त्यो केमिकलले तत्कालै प्रतिक्रिया देखाउन थालेपछि उनीहरुलाई अस्पताल पठाईएको थियो भने स्थानीय प्रशासनलाई यस विषयमा खबर गरिएको थियो । -एजेन्सी
प्रतिक्रिया