सधैं जनताको काममा दत्तचित्त भएर लाग्ने कर्णबहादुर मगर तीनपाटन गाउँपालिकाका प्रमुख हुन् । सिन्धुलीको दुर्गम ठाउँमा फिक्कल गाउँपालिकामा जन्मिएका उनी मिलनसार युवा नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भयो । नेविसंघबाट राजनीतिमा हात हालेका मगर तरुण दल हुँदै अहिले नेपाली कांग्रेसको क्षेत्रीय सभापतिसमेत रहेका छन्…