गोरखाको सिक्रेमा जन्मिएका सुदीप भट्ट एक स्वतन्त्र युवा हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण आफ्नो रोजगारी गुमाएका भट्ट राजनीतिमा बडो चाख राख्ने गर्दछन् । सरकारको कमीकमजोरी प्रति खरो उत्रने उनी अहिलेको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठान्दछन् ।
आजभोली के गर्दै हुनुहुन्छ ?
झण्डै तेह्र महिना अगाडि चाइनाबाट सुरु भएको कोभिड–१९ ले विश्वलाई नै पिरोल्यो । त्यो चेपेटाबाट नेपाल पनि अछुतो रहेन । जब सरकारले गत चैत ११ बाट लकडाउन गर्यो । अनि त्यो बेला कोरोनाबाट बच्न भन्दै गाउँमा गएर बसियो । सुरुमा त घरतिरै खेतीपातीमा ध्यान भयो । दशैँ तिहार मानेर राजधानी फर्किएको छु ।
कतिपयले नेपालमा कोरोना छैन भन्ने हल्का टिकाटिप्पणी गर्छन् तपाइलाई के लाग्छ ?
कोरोना आफै एउटा रोग भने होइन तर यसलाई मान्छेले नबुझ्दा महामारीमा फैलियो, सुरुसुरुमा सबैले हल्का रुपमा लिग्दा आज सारा विश्वनै चपेटामा पर्न गयो। करोडौं करोड राज्यलाई घाटा भएको छ । कोरोनालाइ अब लडेर नै जित्न सकिन्छ जस्तो लाग्छ डराएर रोगले च्याप्छ ।
कोरोनाले गर्दा तपाईले गर्दै गरेको रोजगारी पनि गुम्यो, आजभोली के गर्दै हुनुहुन्छ ?
म मात्र होइन पर्यटन क्षेत्रमा आबद्द सबैलाई कोरोनाले थला पारेको छ, पर्यटकहरु ठप्प जस्तै छन्, आउने वातावरण भैसकेको छैन, सरकारबाट केहि पहल भएको छैन सुरुसुरका दिनहरुमा यस्तो होला भनेर सोचेको कसैले पनि थिएन तर भैइदियो । जे होस् जीउन सिकायो कोरोनाले अब विस्तारै सुरु होला पुराना दिनहरु भन्नेमा आशावादी छु । आजभोली म आफुलाई मिल्ने अर्को पार्टटाइम काम गर्दै छु ।
अहिले राजनीतिक चलखेलदेखि सबैतिर भीडभाड बढेको छ, जनजीवन पनि सामान्य देखिन्छ अब नेपालमा कोरोना सकियो ?
कोरोना सकिएको छैन, तर अब कोरोना-कोरोना भनेर बसेर मात्र नि भएन नि हैन र ? सर्बसाधारणहरुमा कोरोनाको बारेमा हिजो जुन खालको डर, आतंक र त्रास थियो । त्यो मनोवैज्ञानिक डर, त्रास र आतंकको वातावरण चाहिं अहिले छैन ।
विश्वमा कोरोनासँगै अर्को नयाँ भाइरस आयो भन्छन्, तर प्रधानमन्त्रीले त चुनाव आइसक्यो गाउँ गाउँ जान युवाहरुलाई निर्देशन दिसक्नु भएको छ नि ?
अब जुनसुकै भाइरस आएृपनि लकडाउन गर्नु हुन्न, सवैकुरा हरुलाई सामान्य लिनु पर्छ । अर्को कुरा चुनावको कुरा गर्दै हुनुहुन्छ, ओलीले भने, उहाँ भ्रममा हुनुहुन्छ जस्तो लाग्छ । आफ्नो पार्टीभित्रको विवाद मिलाउन नसकेर आफ्नो जिद्दीलाई अडान गरेर जुन कार्य प्रधानमन्त्रीले गर्नुभयो अती नै निन्दनीय छ । उहाँले देशलाई भन्दा नि आफु र आफ्नो कार्यकर्ताको लागि सारा देशलाई भड्खालोमा हाल्नु भयो ।
प्रत्येकदिन जसो पार्टीकार्यक्रम साथै केन्द्रिय सदस्यहरु चुनिएका छन्, लाखौँ मानिसहरु कार्यक्रममा गएका छन्, देश चुनावमय भइसकेन र ?
अहिले पार्टीको कार्यक्रममा सहभागी हुनेहरु सबै कार्यकर्ताहरु हुन्, त्यहाँ जनता गएका छैनन्, जसको रोजगारी छैन, काम छैन, उनीहरु गएका हुन् यसो गईदिम के रैछ टाइमपास भने नि हुन्छ भन्ने हरु छन् । अब दिनभरी काम गरेर बेलुका खाने कुरा व्यवस्था गर्ने जनताहरुले अब कहाँ नेताहरुको भाषण सुन्ने थिए र ? अर्को कुरा, जुन पार्टीको चुनाव चिन्हको टुङ्गो छैन उही पार्टीले चुनाव आइसक्यो तयारीमा लाग्नुस् भन्दा अचम्म लाग्छ ।
केपी ओली र प्रचण्डले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउदै आएका छन् तपाई के भन्नुहुन्छ एक युवाको नाताले को सहि जस्तो लाग्छ ?
सयौँ नेता र लाखौँ कार्यकर्ताहरु भएको देशमा को ठिक को बेठिक भन्ने भन्दा नी कसले देश र जनताको लागि हितमा कम गर्यो भन्ने हो । कुरा रह्यो ओली जी र प्रचण्डको, हिजो सव आफु अनुकुल हुँदा सबै राम्रो, ओहो ! उहाँजस्तो राजनीतिज्ञ कोही छैन् भन्नेहरु अहिले फेरी हास्यापद लाग्छ मलाई उहाँहरुको कुरा अनौठो लाग्छ । जस्तै: मायामा हुन्जेल दुबैले एकअर्कालाई अंगालोमा राख्ने जब मायामा बिछोड हुन्छ पोल र कमीकमजोरी खोल्ने गरेको जस्तो लाग्छ उहाँहरुको माया भनेको सत्ताको लागि थियो ।
देशमा युवाहरुको हैसियत भन्नुस्, युवा लक्षित कस्तो कार्यक्रमको आवश्यकता छ ?
आजको दिनमा युवा लक्षित आकर्षक कार्यक्रमहरु ल्याउन आवश्यक छ । त्यसको लागि सीपमुलक तालिमको आवश्यकता छ । तत्कालका लागि कृषिजन्य उत्पादनमा जोड दिनुपर्छ । त्यसपछि पर्यटन नेपालको एकदमै सम्भावना भएको क्षेत्र हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल पर्यटकको लागि राम्रो गन्तव्य मानिन्छ । विदेशी वाईनमा हजारौँ खर्च गर्ने सरकारले नेपाली वाईनलाइ बजारीकरण गर्नुपर्ने देखिन्छ । अर्को जल, जंगल र जडीबूटी हुन् । यहाँ पशस्त हिम नदीहरु छन् । जसबाट जलविद्युत उत्पादन हुन्छ ।















प्रतिक्रिया