काठमाडौं । बालमन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोगपत्र दर्ता गरेको…