आमरण अनशनमा बसेका डा गोविन्द केसीको मागमा ब्रिटेन नेपाल प्राज्ञिक परिषद्ले समर्थन जनाउँदै वार्ताको माध्यमबाट निकास निकालन सुझाएको छ। ब्रिटेन नेपाल प्राज्ञिक परिषद्का संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्राध्यापक सूर्यप्रसाद सुवेदीले डा. केसीसँग सरकारले संवाद नथालेकोमा चिन्तित भएको बताएका छन्। 'हालै संसदबाट पारित चिकित्सा शिक्षा विधेयक लगायतका उच्च शिक्षा क्षेत्र…