Logo

प्रमुख समाचार

राजधानीमै ९ महिलासहित ३२ अधिकारकर्मीमाथि प्रहरीले लियो एक्सन



सरकारविरुद्ध नाराबाजी गरिरहेका ९ महिलासहित ३२ जना अधिकारकर्मी पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने, डा। गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी लगायतका अधिकारकर्मी रहेका छन्।

कम्युनिष्ट सरकारको पछिल्लो संविधान विपरीतका गतिविधिलाई लक्षित गरी उनीहरुले प्रर्दशन गरेका हुन्। उनीहरुले  ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो : नेता गह्रुंगो, सत्याग्रही भोकै छन् : नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका : साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहार : साढे चार अरव भ्रष्टाचार, डा। केसीसँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति : माघ १६, २०७५ बुधबार  १ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।