नेपाली कांग्रेसका युवा नेता विकाश कुमार ठाकुरले मधेस र पहाडबीच बिभेद नगर्न आग्रह गरेका छन् । पहाडीले मधेशीलाई धोती/भैया भन्नु औचित्य नरहेको उनले बताएका हुन् ।
उनले आइतबार फेसबुकमा लेख्दै – ‘२०७२ सालको महाभुकम्पको समयमा म जम्मा २४ वर्षको थिए । मेरो कुनै ठुलो पहिचान पनि बनिसकेको थिएन । तर पनि म मधेसी (धोती, भईया)ले पनि बिभिन्न दाताहरुको सहयोगमा काठमाँडौ, ललितपुर, काभ्रे र सिन्धुपालचोक गरी ४ जिल्लामा करिब ८० लाख बराबरको राहत बाडेको थिए । किनभने पहाड रुँदा मेरो मुटु पनि रोएको थियो ।
मलाई मधेसी भन्दा पनि आफु नेपाली हुँ भन्नेमा गर्व छ । तर केही संकीर्ण सोच भएका पहाडीहरुको कारणले अहिले दुखी भएको छु । हो म शानले भन्छु म नेपाली हो, म मधेसी हो र धोती मेरो पहिचान हो । ढाका टोपी पनि लगाउँछु, दौरा सुरुवाल पनि किनभने म नेपाली हो र नेपाल मेरो देश ।
र, अर्को कुरा धोतीको महत्व के छ भन्ने कहिले आर्यघाटमा गएर हेर्दा हुन्छ । अनि थाहा हुन्छ कति संकीर्ण सोच छ धोती भन्नेहरूको…’ भनेका छन् ।
ठाकुर अहिले नेपाल फाउण्डेशन नामक संस्था चलाउदै आएका छन् ।
प्रतिक्रिया