Logo

प्रमुख समाचार

ब्रिटेनबाट डा. गोविन्द केसीको मुद्दालाई लिएर आयो यस्तो सुझाव, अब के गर्ला कम्युनिष्ट सरकार?



आमरण अनशनमा बसेका डा गोविन्द केसीको मागमा ब्रिटेन नेपाल प्राज्ञिक परिषद्ले समर्थन जनाउँदै वार्ताको माध्यमबाट निकास निकालन सुझाएको छ। ब्रिटेन नेपाल प्राज्ञिक परिषद्का संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्राध्यापक सूर्यप्रसाद सुवेदीले डा. केसीसँग सरकारले संवाद नथालेकोमा चिन्तित भएको बताएका छन्।

‘हालै संसदबाट पारित चिकित्सा शिक्षा विधेयक लगायतका उच्च शिक्षा क्षेत्र सम्बन्धी सबै ऐन कानुनको पुनरावलोकन गरी दीर्घकालिन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसँग आग्रह गर्दछु,’ एक विज्ञप्तिमार्फत उनले भनेका छन्।

डा केसीका मागहरु मूलतः चिकित्सा क्षेत्रको बेथिति अन्त्यसँग रहेको तर नेपालको सम्पूर्ण उच्च शिक्षा क्षेत्र नै बेथितिको सिकार हुँदै आएकोमा सुवेदीले चिन्ता व्यक्त गरेका हुन्।

सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने प्रस्तावसहित डा केसीसँग संवाद सुरु गर्न पनि नेपाल सरकारलाई प्रा सुवेदीको आग्रह छ। संसारका उत्कृष्ट विश्वविद्यालयमा विभिन्न विधामा अध्यापन, अनुसन्धान र व्यवस्थापनमा अनुभव सँगालेका प्राज्ञिकहरुको संस्था ग्लोबल पोलिसी फोरम फर नेपाल उच्च शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्न नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको उनले अवगत गराएका छन्।

प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार  १ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।