काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठकले प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको छ । बिहीबार पार्टीका दल नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित संघीय संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता रहेको थियो । बैठकमा…