Logo

प्रविधि

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट-टप बक्स



काठमाडौं ।नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ।

कम्पनीले एन्ड्रोइडमा आधारित स्मार्ट टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सेवा बिहीबारदेखि उपलब्ध गराएको हो। योसँगै स्मार्ट टीभी प्रयोगकर्ताले छुट्टै भौतिक सेट–टप बक्स जडान नगरी एनटिटिभी सेवा लिन सक्ने भएका छन्।

नेपाल टेलिकमका अनुसार ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टेलिभिजनमा रहेको गुगल प्ले स्टोरबाट ‘स्मार्ट एनटिटिभी’ एप डाउनलोड गरी सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीले आगामी दिनमा अन्य स्मार्ट टेलिभिजनमा समेत यो सेवा विस्तार गर्ने जनाएको छ।

नयाँ ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको योजना लिएमा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। कम्पनीले भर्चुअल सेट–टप बक्ससहित विभिन्न टेलिभिजन प्याकेजसमेत उपलब्ध गराएको छ।

नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ।

 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार २१:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।