जनकपुर । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मिथिला नगरपालिका–३ लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालक हरि महतोको मृत्यु भएको हो।
औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय महतो प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा दुर्घटनामा परेका थिए।
टिपर पल्टिएपछि गम्भीर घाइते भएका महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन्।



















प्रतिक्रिया