Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो । समसामयिक विषयमा कुराकानी भएकाे राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।