Logo

अर्थ

केही विमानस्थल बन्द, बाँकी सबैमा नियमित उडान



काठमाडौं । बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ ।

बुद्ध एयरकाअनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।

एयरलाइन्सकाअनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो । मौसममा सुधार आएसँगै तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल संचालन हुनेछ ।

यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टर मार्फत जानकारी लिन सुझाव दिइएको छ ।

एयरलाइन्सले यात्रुहरूलाई आफ्नो यात्रा योजना बनाउन सजिलो बनाउने उद्देश्यले बाँकी विमानस्थलमा नियमित उडान सञ्चालन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ११:४५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।